शुक्रबार पनि बढ्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७७-१२-२० १२:३७ मा प्रकाशित
Total Shares: 235
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९ सयले बढेर ८७ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८६ हजार ९५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर एक हजार २४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस