काठमाडौं - अब पठाओ राइडरहरुले ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन नपाउने भएका छन् । 

पछिल्लो समय पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफलमा अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन प्रोटेक्टिभ गेयर नलगाउन निर्देशन दिइएको पठाओका क्षेत्रिय निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए ।