जग्गा विवादले उग्ररूप लिएपछि सप्तरीमा दुई समूहबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार
खबर एक्सप्रेस
२०७७-०२-२१ १२:२६ मा प्रकाशित
Total Shares: 321
सप्तरी - जग्गा विवादले उग्र रूप लिएपछि सप्तरीको छिन्नमस्तामा एक दर्जन मानिस घाइते भएका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका–सात हाट्टीका स्थानीय दुई जनाबीचको विवादले उग्र रुप लिएपछि झडप भएको हो ।
स्थानीय गणेशी मण्डल र नुर हुसन मन्सुरी बीच जग्गा सम्बन्धि सामान्य विवादले उग्ररूप लिएपछि भएको झडप नियन्त्रणमा लिन प्रहरीले दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको छ ।
दुई समूहबीच ढुंगा हानाहान हुँदा केही प्रहरी पनि घाइते भएको बताइएको छ । अहिले विवाद भएको स्थानमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । विवाद भने अझै साम्य हुन नसकेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस