दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त
कालिकोट - दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही अपहरण मुक्त भएका छन्। विप्लव नेतृत्वको पार्टीको अपहरणमा परेका शाहीलाई प्रहरीले आइतबार साँझ कालिकोटको शुपालिका गाउँपालिको एक जंगलबाट सकुसल उद्धार गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी श्यामबाबु ओलियाका अनुसार विप्लव कार्यकर्ताले एकान्त जंगलमा राखेको अवस्थामा उनको उद्धार भएको हो। प्रहरीले घेरा हाल्नुअघि नै विप्लव कार्यकर्ता भने उनलाई छोडेर भागेको प्रहरीको भनाइ छ।
गाउँपालिकाका अध्यक्ष शाही, उनकी पत्नी र भाइ शनिबार राति अपहरणमा परेका थिए। शनिबार राति करिब १२ बजेतिर उनीलाई अपहरण परेका थिए। अध्यक्ष शाहीसँगै अपहरणमा परेकी पत्नी इला शाही भने यसअघि नै छुटेकी छन्।
फेसबुक पेज Like गर्नुहोस