मुलुकमा नातावाद र कृपावादको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री कार्की
काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरूमा नातावाद र कृपावाद अन्त्य हुनुपर्ने बताएकी छन् ।
आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरूले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुने गरी काम गर्न आवश्यक रहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्- ‘भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा युवाहरूले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको यहाँहरू सबैलाई विदितै छ । राजनीतिक र आर्थिक अवसरहरूमा नातावाद र कृपावाद को अन्त्य हुनुपर्ने जेनजीको माग पनि समावेशी विकास र समन्यायको आकांक्षाको अभिव्यक्ति हो । सबै वर्ग र समुदायको समान पहुँच र सहभागितामा भएको विकास नै दिगो बन्न सक्दछ । यसले राष्ट्रलाई बलियो बनाउँदछ ।’
प्रधानमन्त्री कार्कीले सबै जाति, भाषा र संस्कृतिका समुदायको हित हुने गरी अघि बढ्न पनि सम्बन्धित पक्षलाई सचेत गराइन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस