काठमाडौं - प्रदेश नम्बर ५ को प्रदेश सभा बैठक तत्कालका लागि स्थगित भएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको हो । सरकारले दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको भन्दै कांग्रेसले विरोध गरेको छ ।