सुनको मूल्य स्थिर
खबर एक्सप्रेस
२०८०-१२-०७ १२:३७ मा प्रकाशित
Total Shares: 109
काठमाडौं-नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घका अनुसार मंगलबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको १५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी तोलामा १५२५ रुपैयाँमा कारोबार भएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस