नेपालमा थप एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौं - नेपालमा थप एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एक जना पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । संक्रमण देखिएका ३३ बर्षका पुरुष उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् ।
उनीहरुको सम्पर्कमा आएका अन्यमा पनि शंकास्पद भएकाले थप परीक्षण भइरहेको डा देवकोटाले जानकारी दिए । संक्रमित व्यक्तिको कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा संक्रमण पोजिटिभ आएपछि थप पुष्टिका लागि टेकुस्थित प्रयोगशालामा जाँच गरिएको थियो ।
यो सँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ । संक्रमितमध्ये ४ जना निको भएर डिस्चार्ज भइसकेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीर र आरडीटीबाट ३४ हजार ७१९ जनाको परीक्षण गरिएको छ।
२७ हजार ९५६ को आरडिटीबाट परिक्षण गरिएको छ । बाँकीको पीसीआर प्रणालीबाट परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए । मन्त्रालयका अनुसार १०७ जना अहिले आइसोलेसनमा छन् भने २६७ जना रेड जोनमा परेका छन् ।
फेसबुक पेज Like गर्नुहोस