अनसनरत डा. केसीको पिसिआर रिपोर्ट नेगेटिभ
खबर एक्सप्रेस
२०७७-०६-११ ०३:०६ मा प्रकाशित
Total Shares: 1415
काठमाडौं - अनसनरत डा. गोविन्द केसीको कोरोना परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
विभिन्न ६ बुँदे माग राख्दै जुम्लाबाट १९ औं पटक अनशन सुरु गरेका डा. केसी हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छन् । अनसन जारी राखेका डा. केसीको बिहीबार स्वाब संकलन गरिएको थियो ।
उनको शनिबार राति नेगेटिभ रिपोर्ट आएको हो ।
फेसबुक पेज Like गर्नुहोस