काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाको मनोहराफाँटस्थित निवासमा बुधबार बिहान गराइएको विस्फोट घटनाको निन्दा गरेका छन् ।
अध्यक्ष प्रचण्डले बुधबार एक विज्ञप्ति जारी गर्दै नेकपाका सांसद तथा पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरस्थित निवासमा आतंककारी समूहबाट भएको प्रेसर कुकर बम विष्फोट घटनाको घोर निन्दा गरेका हुन् ।
घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिइ कडाभन्दा कडा कारवाही गर्न समेत माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।प्रचण्डले घटनामा संलग्न ‘अपराधी’लाई तत्काल नियन्त्रणमा लिइ आवश्यक कानूनानुसार कडा कारबाही गर्न पनि सरकारसँग माग गरेका छन् ।


.gif)


