सरकारले पूर्वजनमुक्ति सेनालगायत ३ सय जनालाई सम्मान गर्ने
काठमाडौं - सरकारले पूर्वजनमुक्ति सेनालगायत ३ सय जनालाई सम्मान गर्ने भएको छ । पहिलो चरणमा वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्रका योद्धा’ भन्दै ३ सय जनालाई सम्मान गर्न लागेको हो ।
प्रधानमन्त्री ओलीले सहिद परिवार, घाइते, अपांग बेपत्ता परिवार, पूर्वजनमुक्ति सेनालगायत ३ सयलाई सम्मान गर्न लागेका हुन्। ‘लोकतन्त्रका योद्धा’को सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न गठित कार्यदलका संयोजक एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बहिर्गमित जनमुक्ति सेनाका पदाधिकारीबीच आइतबार बिहान यो विषयमा छलफल हो ।
मन्त्री ज्ञवालीसँगको छलफलमा पूर्वबाल सैनिकमाथि लगाइएको ‘अयोग्यको बिल्ला’ खारेजीको घोषणा र लोकतान्त्रिक योद्धाको सम्मानबारेमा समेत छलफल भएको छ । बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष रमेश बसेलका अनुसार ‘अयोग्यको बिल्ला’ खारेजीको घोषणा र लोकतान्त्रिक योद्धाको सम्मान एकैपटक हुने जानकारी मन्त्री ज्ञवालीसँगको छलफलमा भएको बताए ।
तत्कालीन माओवादीको सेना समायोजन गर्दा उमेर नपुगेको भन्दै ४ हजार ८ जनालाई ‘अयोग्य’ घोषित गरिएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस