अब ट्राफिक प्रहरीले मापसे चेक नगर्ने
खबर एक्सप्रेस
२०७६-१२-०७ ०१:३० मा प्रकाशित
Total Shares: 897
काठमाडौं - महानगरिय ट्राफिक महाशाखाका अनुसार अब मापसे चेक नहुने भएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसकोे कारण यस्तो गरिएको महानगरिय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकाले जानकारी दिए ।
तथापी पहिले जस्तो मेसिनले जाँच नगरेपनि कोही लरबराउँदै आयो भने हामी त्यस्ता व्यक्तीलाई उनीहरुको आफन्त जिम्मा लगाउने वा अस्पताल लैजान्छौं ढकालले भने ।
अहिलेलाई मापसे गरेर जरिवानामा परेका लाई लिदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस