काठमाडौं - नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा दुई हजार ३९२ जना सहभागी हुने भएका छन् ।

भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा दुई हजार ३९२ जना सहभागी हुने विधान महाधिवेशन मुल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले पेस गरेको प्रतिवेदनमा उल्लेख छ ।

पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतितिनिधी र २६४ जना आयोजकको रूपमा सहभागी हुनेछन् ।

२०७८ मा चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधी मात्र विधान महाधिवेशनका प्रतिनिधी हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधीहरूलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ ।

शनिबार भएको बैठकमा महाधिवेशनलाई भब्य बनाउन सातदोबाटोदेखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय भएको छ ।