काठमाडाैं - नबिल बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुलाई मध्यनजर गरी व्यक्तिगत बचत खाता अन्तर्गत नबिल प्रिमियम रेमिट्यान्स सेभिङ अकाउन्ट संचालनमा ल्याएको छ । बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ ।

ग्राहकहरुले यो खाता शून्य मौज्दातमा खोल्न सक्नेछन् । यस खातामा बैंकले व्यक्तिगत बचत निक्षेपहरुको प्रकाशित व्याजदर मध्येको उच्च व्याजदर प्रदान गर्नेछ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८९ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।