दुई छोरासहित दम्पतीले त्रिशूलीमा हामफाले, श्रीमतीको मृत्यु
धादिङ - बिहीवार साँझ दुई बालकसहित दम्पतीले नै त्रिशूलीमा हाम फाले । श्रीमतिको मृत्यु भयो । श्रीमानको उद्धार । तर, दुुई बालक बेपत्ता भएका छन् । बेनिघाटको बाँदरेस्थित झोलुंगेपुलबाट दुई सन्तानसहित दम्पतीले हाम फालेका हुन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ थानकोट घर भएका ३५ वर्षीय विनय रेग्मीको दम्पतीले यसरी हाम फालेको हो । रेग्मीको उद्धार भयो भने श्रीमती जमुनाको मृत्यु भएको छ ।
दुई वर्षीय र ६ महिने छोरासहित बिहीबार साँझ साढे ६ बजेतिर रेग्मी दम्पतीले धादिङ र गोरखाको घ्याल्चोक जोड्ने पुलबाट हाम फालेको प्रहरीले जनाएको छ ।
त्रिशूली जलयात्रा गर्ने छोलीसँग रहेको उद्धार टोलीले विनयको उद्धार गर्दा जमुनाको शव घटनास्थल नजिकै भेटियो भने बालक दुबै बेपत्ता छन् ।
फेसबुक पेज Like गर्नुहोस