देशभर चिसो बढ्यो
काठमाडौं - काठमाडौंसहित देशभर चिसो बढेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको थियो ।
हिजो शनिबार काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।मौसम पूर्वानुमान महाशाखाले चिसो अझै बढ्न सक्ने अनुमान गर्दै चिसोबाट बच्न उचित सतर्कता अपनाउन आग्रह गरेको छ
आज बिहानैदेखि चिसो हावा चलिरहेका कारण तुलनात्मक रुपमा बिहान बढी चिसो महशुस गरिएको महाशाखाले जनाएको छ ।आज मौसमको कुनै पनि प्रणाली सक्रिय नभएका कारण देशभरको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखामा अनुसार तराईंका जिल्लामा बिहान लागेको हुस्सु दिउँसो क्रमसः फाटेर जाने तथा उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात बाहेक देशभरको मौसम आज सफा रहने छ ।
फेसबुक पेज Like गर्नुहोस