सर्जक अनि श्रृजना
माया गर्नु दुःख बाड्नु पाप हुदो रैछ ।
आँशु पुछ्नु नरोउ भन्नु भूल हुँदो रैछ ।।
आज भोली टिकटक राम्रै बनेको उदय सोताङको स्वरमा रहेको गीत सुन्दा मन कुटुक्कै काट्यो अनि यो गीत पुरा सुन्ने जागर पलायो । गीत सुने यसको अन्तरा झनै मार्मिक लाग्यो ।
भैगो अब नहिँडुला तिमी हिड्ने बाटो ।
नदेखे झै गरिदिउँला पाप गर्नु साटो ।।
कति मार्मीक अन्तरा अनि यो शब्द रचना गर्ने रचनाकार जान्न मन लाग्यो । देखे गोबिन्द कुइँकेल कतै नदेखेको नसुनेको नाम श्रृजना भने कालजयी । फेरि यी गुमनाम सर्जकको अन्य श्रृजना पनि छन् की हेरौँ भन्ने हुटहुटी जाग्यो । अचम्मित बनायो मैले धेरै पटक सुनेको 'चन्द्रमामा दाग छ हजुर सूर्यमानी खोट होला ।'
मुस्कुराउँदै हिडे पनि म भित्र पनि चोट होला । कति यथार्थपरक कालजयी शब्दको कसरी बनेको होला यती सुन्दर शब्दमाला । लाग्यो यति सुन्दर शब्द बुन्न जान्ने सर्जक भने किन गुमनाम प्रत्येक बर्ष गीत संगीतका विभिन्न बिधाका पुरस्कारहरु घोषणा हुन्छन । तर यस्ता कालजयी शब्द कोर्ने सर्जक र श्रृजना अटाउदैनन् । साययद त्यस क्षेत्रमा पनि भनसुन र चाकरी खोज्ने प्रथा नै हाबी भएको होकी ?
हुटहुटी लागी नै रह्यो उनको नामबाट गीतहरु खोज्दै गए झण्डै ४० देखि ५० वटा गीत भेटिए सबै स्तरिय र चर्चित नयाँ तथा पुराना गायक तथा संगीतकारको रोजाईमा परेका । आनन्द कार्की, दिप श्रेष्ठ,प्रताप दास, अनु चौधरी,किरण भूजेल, रामकृष्ण ढकाल, उदय सोताङ, रचना रिमाल, मेलिना राई, अञ्जु पन्त, मिलन अमात्य, अस्मिता अधिकारी, करन परियार, बुद्ध लामा, सुजाता बर्मा, रोजिना बस्नेत, बेनिशा पौडेल र समिक्षा अधिकारी र दिबाकर शर्माले स्वर दियका । संगीतकारहरुमा पनि उदय शम्शेर , राजु सिंह, शक्ती बल्लभ, प्रमोद निर्माण, कृती न्यौपाने, डिबी लामा र पुष्कर सुनुवार तर गीतकार भने गुमनाम ।
अन्तमा आफु पनि गीत संगीत सुन्ने पारखी भएको नाताले केही लेख्न मन लाग्यो लेखिदिए अनि भन्न मन लाग्यो श्रृजनालाई माया गरौ सर्जकलाई सम्मान गरौ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस