सुनचाँदीको मूल्यमा गिरावट
खबर एक्सप्रेस
२०८२-०५-०३ ०१:२७ मा प्रकाशित
Total Shares: 98
काठमाडौं - स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार १०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३०० मा खरिदबिक्री भइरहेको छ ।
सोमबार एक तोला सुन रु एक लाख ९६ हजार ३०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार ३१५ मा क्रयविक्रय भएको थियो । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस