प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ मंगलबार नहुने
खबर एक्सप्रेस
२०७७-१०-२६ ०४:२९ मा प्रकाशित
Total Shares: 444
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलबार नहुने भएको छ ।
पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मंगलबार सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले सोमबारको इजलासमा जानकारी दिए ।
पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो । तत्कालिन मल्लिक आयोगका सदस्य समेत रहेका पाण्डे विगत लामो समयदेखि नशा सम्बन्धी रोगले पीडित थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस