नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, केन्द्रिय सदस्यको रायमाथि विमर्श गर्ने
खबर एक्सप्रेस
२०७८-०२-२२ ०९:२३ मा प्रकाशित
Total Shares: 307
काठमाडौं - नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै छ । शनिबार दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाइएको हो ।
विहीबार र शुक्रबार भर्चुअल माध्यमबाट भएको केन्द्रीय सदस्यहरुको भेलापछि आएको रायमाथि विमर्श गर्न बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
केन्द्रीय सदस्यहरूसँगको छलफलमा एकता प्रयासलाई जारी राख्ने र नयाँ क्रान्तिकारी चेतसहितको पार्टी निर्माण गरेर जानुपर्ने दुवै कुरा उठेका थिए । केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने पनि बैठकको निष्कर्ष थियो ।
आजको स्थायी कमिटी बैठकले खास निर्णय गर्नसक्ने ती नेताको दाबी छ । साथै, केन्द्रीय कमिटी बैठकको निर्णय पनि सार्वजनिक गरिनेछ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस