कलंकीमा नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु
खबर एक्सप्रेस
२०७७-१२-१३ १२:३० मा प्रकाशित
Total Shares: 395
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
बैठक भर्खरै कलंकीस्थित मेघा पार्टी प्यालेसमा सुरु भएको एक केन्द्रिय सदस्यले जानकारी दिए । आजको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको विधानअनुसार बैठक बोलाउन अनुरोध गरिने बताइएको छ ।
यता, अध्यक्ष ओलीले पनि आजै संसदीय दलको बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे बालुवाटारमा बोलाइएको छ ।
उक्त बैठकमा नेपाल पक्ष सहभागि हुने/नहुने निश्चित भएको छैन ।
फेसबुक पेज Like गर्नुहोस