काठमाडौं-उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव नवीन राज सिंहले खबर एक्सप्रेसलाई  समाचार हटाउन चौतर्फी दबाब दिएका छन् । खबर एक्सप्रेसले विद्युत विकास बिभागमा करोडौंको खेल,तेस्रो पटक महानिर्देशक बन्ने सिंहको प्रयास शीर्षकमा समाचार प्रकाशित गरेको  थियो ।

उक्त समाचार प्रकाशन भएपछि सहसचिव सिंहले फोन गरेर समाचार हटाउन अनुरोध गरे । समाचार हटाउन नमिल्ने जवाफ दिएपछि आक्रोशित बनेका सिंहले समाचार स्रोतसंग बदला लिने चेतावनी दिदै भने मसंग पनि दुई चार जना पत्रकार साथीहरु छन् म पनि समाचार जस्ले दियो उसको विरुद्धमा झुठो कुरा लेखाउने छु ।

विद्युत विकास बिभागमा दुई पटक महानिर्देशक बनिसकेका सिंह तेस्रो पटक महानिर्देशक बन्ने खेलमा लागेपछि विवादमा तानिएका हुन् । सिंह बिभागको महानिर्देशक हुँदा आफ्नो पदको दुरुपयोग गरि आफ्नो आफन्तको लागी समेत  लाइसेन्स लिएको लगायत थुप्रै अनियमितता भएको स्रोतको दाबी छ । उनी बिभागमा महानिर्देशक हुँदा हाइड्रो प्रोजेक्टका डेभलपरहरु हैरान भएको गुनासो व्यापक रुपमा गर्ने गरेका छन । एक हाइड्रो प्रोजेक्टका अध्यक्ष भन्छन् सिंह बिभागमा हुँदा धेरै अनियमितता भएको र कुनै व्यक्ति विशेषलाई फाइदा हुने गरि काम गरेको बताएका छन् । यस् विषयमा हाम्रो खबर एक्सप्रेसको टेलिभिजन कार्यक्रममा बोल्न भनेका छौ तर उनले सिधै बोल्न नमिल्ने र आवाज परिवर्तन गरेर मात्र बोल्ने बताए । त्यसरी सिधै बोल्यो भने भोलि हाम्रो  प्रोजेक्टलाई अफ्ठयारो पर्न सक्छ उनले भने हामीसंग भएको प्रमाणहरु उपलब्ध गराइदिने छौ ।

 खबर एक्सप्रेसको समाचार हटाउने सिंहको प्रयास 

सिंहले खबर एक्सप्रेसमा प्रकाशित समाचार हटाउने अनेक प्रयास गरिरहेका छन् । पहिलो चरणमा सिंह आफैंले समाचार डिलेट गर्न अनुरोध गरे । समाचार डिलेट नगर्ने तपाईंको आपत्ति के मा हो ? बरु खण्डन पठाउनु भन्ने जवाफ दिएपछि सिंह आक्रोशित हुदै धम्कीका भाषा प्रयोग गर्न लागे उनलाई धम्कीको भाषा प्रयोग नगर्न र धम्कीसंग नडराउने भनेपछि उनले राम्ररी कुरा गर्दै भने भेटेर कफि खाँउ हामीले तपाईसंग भेट्नु भन्दा पनि तपाइँको समाचारको बिषयमा असहमति भए इमेल मार्फत पठाउनुस भन्दै नभेटेपछि सिंह अहिले खबर एक्सप्रेसमा अन्तरबार्ता दिएका व्यक्तिहरु , पूर्वमन्त्री ,माओवादी नेताहरु केहि कर्मचारी लगायतलाई लगाएर समाचार हटाउन चौतर्फी दबाब दिदै छन् ।

सिंह जसरी पनि अझै विद्युत विकास बिभागको महानिर्देशक बन्ने  पक्षमा लागेका छन्  तर उनी आफू महानिर्देशक बन्ने खेलमा नलागेको र सरकारले पठाए जाने बताउँछन् । उनको चाहाना नभए के सरकारले अरु कोहि सहसचिव नपाएर एउटै व्यक्तिलाई पटक पटक  जिम्मेवारी देला ? सरकारले यस्तो निर्णय गर्‍यो भने मन्त्रालय , मन्त्री र सचीवले यसबारे जवाफ दिनु पर्दैन ? अहिलेसम्म त्यस्तो कुनै ठुलो विवादमा नपरेका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेत विद्युत विकास बिभागको महानिर्देशकमा विवादित व्यक्तिलाई नियुक्ति गरेर विवादित बन्न चाहन्छन् वा विद्युत सेक्टरलाई सुधार गर्लान हेर्न बाकी छ ।

यस् विषयमा खबर एक्सप्रेसले थप प्रमाण सहित  टेलिभिजनमा विशेष कार्यक्रम तयार पार्नेछ ।