भारतमा उपचारपछि स्वदेश फर्किए झलनाथ खनाल
खबर एक्सप्रेस
२०७८-०५-१४ ०४:१८ मा प्रकाशित
Total Shares: 216
काठमाडौं - नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल भारतमा लामो उपचारपछि आज स्वदेश फर्किएका छन् ।
खनाललाई सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेता खनालले भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यहाँ उपचाररत छँदा नेपालमा एमाले विभाजित बनेपछि उनले एकीकृत समाजवादीका पक्षमा आफूलाई उभ्याएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस