काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन नहट्ने संकेत गरेका छन् । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेकोले तत्काल लकडाउन नहट्ने प्रधानमन्त्रीले बताएका हुन् ।

बुधबार प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका संघीय सांसदहरुसँगको छलफलका क्रममा तत्काल भारततर्फका नाका नखोल्ने बताएको एक सासंदले जानकारी  दिए । 

केहि समय अहिले जस्तो अवस्थामा छ, त्यही अवस्थामा रहने संकेत गरेको बताए ।

बैठकमा अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागि थिए । तर, ढिलो उपस्थिती भएका उनले कुनै मत राखेनन् ।