दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनकः गोकर्ण विष्ट
काठमाडौं - नेकपा एमालेका नेता गोकर्ण विष्टले लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक भएको बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले दल बिभाजन गर्ने अध्यादेश ल्याउने निर्णय गरेपछि नेता विष्टले सो कुरा बताएका हुन् ।
नेता विष्टले अध्यादेशले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्ने टिप्पणी गरेका छन् । त्यस्तै, अध्यादेशले राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्ने पनि उनको भनाई छ ।
विष्टले दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्ने भन्दै यसले अन्ततः नेपालको राजनीतिमा दुःखद परिणाम निम्त्याउने बताएका छन् । उनले यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गर्न र फिर्ता लिन बाध्य पार्नुपर्ने बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस