काठमाडौं - इटालियन सिरी ए फुटबलमा शनिबार राति युभेन्ट्सले इम्पोलीमाथि ३-२ अन्तरको रोमाञ्चक जित निकालेको छ  ।

युभेन्टसको जितमा डुसन भ्लाहोविचले दुई तथा  मोइस किनले एक गोल गरे । इम्पोलीको लागि जुर्कोवास्की र  आन्द्रे ला मान्टियाले गोल गरे । 

जितसँगै युभेन्ट्सले २७ खेलमा ५० अंक जोडेर चौथो स्थानमा  छ । इम्पोली ३१ अंक जोडेर १३औं स्थानमा  छ । २७ खेलबाट ५७ अंक बनाएको एसि मिलान शीर्ष स्थानमा रहेको छ ।