गगनको आग्रह, ‘अस्वस्थ ओलीको विकल्प खोजौं’
काठमाडौं - प्रतिनिधि सभाको आज (बुधबार) बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद गगन थापाले अब प्रधानमन्त्री ओलीले आराम गर्नुपर्ने समय आएको बताएका छन् ।
उनले आलीको स्वास्थ्य कस्तो हुँदैछ रु भन्ने प्रश्न गर्दै यसबारेमा जान्ने अधिकार सबै नेपालीलाई भएको बताएका छन् ।
हाल उपचारका क्रममा सिंगापुरमा रहेका ओलीले लामो समय विदेशमा विताएका कारण यसले देशको प्रशासनिक क्षेत्रमा प्रभाव पार्ने बताएका छन् । उनले भने, ‘ओलीलाई पटक पटक उपचार गनुपर्ने भयो भने के गर्ने रु उहाँको इच्छाशक्ति त छ, तर इच्छाशक्तिलाई सार्थकता दिन स्वास्थ्य पनि हुनु पर्छ ।’
उनले नेपाली कांग्रेसले उमेर कटेका मानिसले देश र प्रशासन चलाउँदा परेको घाटाको मुल्यांकन गुर्नपर्ने भन्दै, अब उमेरदार र स्वास्थ्य मानिसले देशको प्रशासनको जिम्मेवारी लिनुपर्ने कुरामा जोड दिएका छन ।
‘बा आराम गर्नुहोस ! बा धपेडी नगर्नुहोस् ! अब हामीले यस्तो भन्नुपर्छ,’ उनले भने, ‘यस्तो गल्ती नगर्नुहोस अब प्रधानमन्त्रीलाई आराम गर्न दिनुहोस । उहाँको आराम गर्ने समय भएको छ ।’
प्रधानमन्त्री ओली पनि हामीजस्तै मानिस हुन उनलाई पनि आराम चाहिन्छ भन्ने सवालमा भने, ‘प्रधानमन्त्री एक मानिस हुन भन्ने कुुरालाई नबिस्र्यौं ।’
फेसबुक पेज Like गर्नुहोस