एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 34
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
उनी केही समययता अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको बताइएको छ ।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस