गण्डकी प्रदेश सरकार छाड्ने माओवादी केन्द्रको निर्णय
खबर एक्सप्रेस
२०७७-१२-२५ ०१:०५ मा प्रकाशित
Total Shares: 322
काठमाडौं - नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकार छाड्ने भएको छ ।
बुधबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वमा रहेको प्रदेश सरकारबाट आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको हो ।
गण्डकीमा माओवादीबाट मन्त्री बन्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा रहेका छन् ।
उक्त निर्णयबारे आजै बस्ने संसद बैठकलाई जानकारी दिने तयारी भएको छ । गण्डकी प्रदेश सभाको बैठक बुधबार दिउँसाे १ बजे बस्दैछ। यद्यपी प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता लिने नलिनेबारे कुनै निर्णय नभएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस