यस्तो छ शुक्रबारको मौसम
काठमाडौं - आज देशको पश्चिमी भू-भाग लगायत मध्य तथा पुर्वी पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महााशाखाले जनाएको छ ।
देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव रहेको जनाइएको छ ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती भने देशको पुर्वी तथा मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागहरुमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी र मध्य भू-भाग लगायत पश्चिमी पहाडी भू-भागका केहि स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस