काठमाडौं - नेकपा एमालेको संस्थापन पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल तथा प्रभावशाली नेता भीम रावललाई निलम्वन गरेको छ । 

पार्टीविरोधी गतिविधि गरेको भन्दै संस्थापन पक्षले नेता नेपालसहित अन्य तीन जनालाई स्पष्टिकरण सोधेको थियो । सो स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै संस्थापन पक्षले नेता नेपाल र रावललाई ६ महिनाको लागि निलम्वन गरेको हो ।

यसै सन्दर्भमा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले कारबाही गर्नु र सजाय दिनु सत्ताको अन्तिम विकल्प रहेको बताएका छन् । सामाजिक सञ्जालमा धारणा राख्दै नेता भट्टराई ले यसको परिणाम उल्टो हुने र यस निर्णयबाट पछि हटुनु नै उचित हुने पनि बताएका छन् ।