चितवन - जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले १ वृद्धलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२९ निवासी ८० वर्षीय दिलबहादुर गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाका अनुसार दिलबहादुरले ६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ परेका गुरुङको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

.gif)



