काठमाडौं - बागमती टिपर  व्यवसायी संघ काभ्रेको एघारौं वार्षिक साधारणसभा सुन्दर नगरी पोखरामा सम्पन्न भएको छ ।साधारणसभाको उद्घाटन नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले गरेका थिए । साधारणसभामा बोल्दै अध्यक्ष श्रेष्ठले यातायात व्यवसायीहरु सङ्गठित हुनुपर्ने बताए । 

अहिले यातायात क्षेत्र विविध कानुनी जटिलताबाट गुज्रिएको र यसको समाधानका लागि महासघले निरन्तर रुपमा सरकारसंग लबिङ गर्दै  आएको समेत बताए । अझै पनि यातायात क्षेत्रमा ढुक्क भएर लगानी गर्ने सक्ने अवस्था नभएको नबनी सकेको र राज्यले व्यवसायीहरुको लगानीको सुरक्षा गर्नुपर्ने बताए ।

बागमती टिपर व्यवसायी संघमा करिब ८ सय टिपरहरु रहेका छन। भने साधारणसभामा करिब २ सय टिपर व्यवसायीहरुको सहभागीता रहेको सघका अध्यक्ष , सुरेश खत्रीले जानकारी दिए । 

सम्पन्न साधारणसभाले टिपर व्यवसायीहरुको हक र हितका लागि सरोकार वाला निकाय सँग थप छलफल गर्ने र संघ मा आवद्ध व्यवसायीहरुको टिपर दुर्घटनामा परि अङ्गभंग भएका  चालक , सहचालक घाइतेको  परिवारलाई मासिक ५ हजार भत्ता  समेत उपलब्ध गराउने भएको छ ।