कोरोनाको डर: कार्यक्रम उद्घाटन नगरी फर्किए मन्त्री पोखरेल
जलेश्वर - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्किएका छन् ।
आज उनले मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।
कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सभा तथा सम्मेलन आयोजना नगर्ने सरकारको नीति रहेको हुँदा मन्त्री पोखरेलले सार्वजनिक कार्यक्रममा भवनको उद्घाटन नगरेको जनाइएको छ ।
सो अवसरमा उनले सरकारले ४१ सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको र थप नाकामासमेत गर्ने तयारीमा रहेको जानकारी दिए । उनले केही दिनका लागि कुनै पनि सभा, सम्मेलन, भोजभतेर र धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न आग्रह गरे ।
फेसबुक पेज Like गर्नुहोस