'हामी चुक्यौं, अब सरकारलाई दिएको समर्थन तत्काल फिर्ता हुन्छ’
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट तत्काल समर्थन फिर्ता लिने बताएका छन् ।
बृहत नागरिक आन्दोलनले शनिबार आयोजना गरेको अन्तरक्रियामा सहभागी भएका अध्यक्ष प्रचण्डले नैतिकता बचाउन भएपनि एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् । सडकमा भएका दलहरुले नै हतारमा समर्थन फिर्ता नलिन भनेकाले पर्खेको उनको भनाई छ ।
‘हिजो सडकमा भएका साथीहरुले हत्त न पत्त समर्थन फिर्ता नले भनेको छ। तर म अब धेरै दिन बस्न सक्दिन।’ उनले भने, ‘फिर्ता हुन्छ। राजनीति जतासुकै जाओस्। मैले मेरो नैतिकता बचाउँछु ।’
सर्वोच्च अदालतको संसद् पुनःस्थापना गर्ने फैसलापछि आफूहरु रिल्याक्स गरेर बसेको र दोस्रो योजना बनाउन चुक्नाले यो अवस्था आएको पनि अध्यक्ष प्रचण्डले बताएका छन् । सत्तारुढ नेकपालाई भंग गर्ने सर्वोच्चको फैसलामा विरोधाभाष रहेको उनको भनाई छ । ‘सर्वोच्चले गरेको फैसला हामीले मानेका छौँ तर, असहमति छ । पुनरावलोकनमा जान छलफलमा छौं’ उनले भने ।
फेसबुक पेज Like गर्नुहोस