एजेन्सी - भारतीय कांग्रेस प्रदेश प्रवक्ता विकास चौधरीलाई गोली हानेर हत्या गरिएको छ। हरियाणा प्रान्तको फरीदाबादमा प्रदेश प्रवक्तालाई कारमा सवार भइराखेको अवस्थामा अज्ञात दुई व्यक्तिले गोली हानी हत्या गरेका हुन् ।

मिडिया रिपोर्टका अनुसार उनको शरिरमा ती दुई व्यक्तिले १० राउण्ड गोली हानेका थिए । 

गोली लागि घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, अवस्था निकै जटिल भइसकेका कारण उनलाई चिकित्सकहरुले बचाउन सकेनन् । उनको हत्यापछि प्रहरीले अनुसन्धान थालेको समेत बताइएको छ ।