आज कहाँ-कहाँ छ, बाढी आउने सम्भावना ?
काठमाडौं - नेपालमा मनसुन प्रवेशसँगै लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी आइरहेको छ।
सिन्धुपाल्चोक, मनाङसहित देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोले ठूलो मात्रामा जनधन क्षति गरिरहेको छ। मौसमविद्ले नागरिकलाई सुरक्षित स्थानमा सर्न तथा सतर्कता अपनाउन अपिल गरिरहेका छन्।
बाढी पूर्वानुमान शाखाले आज कहाँ कहाँ बाढी आउँछ भनेर अनुमानसहितको सूचना जारी गरेको छ। शाखाका अनुसार आज कोशी,नारायणी,कर्णाली,महाकाली,पश्चिम राप्ती,तिनाउ,बबई जलाधारका केहि स(साना सहायक नदीमा क्षणिक मध्यमरभारी बर्षा भई बहाब बढ्नसक्नेछ ।आज सूदूरपश्चिम प्रदेशमा बहने नदीहरुमा पानीको बहाव बढ्ने र केहीमा आकस्मिक रुपमा बहाव बढ्न सक्ने भन्दै शाखाले त्यसलाई उच्च जोखिममा रहेको उल्लेख गरेको छ ।
कन्काई, कमला, बाग्मती नदीमा भने पानीको बहाव सामान्य रहनेछ । यस्तै, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्लामा बहने नदीहरुमा पनि बाढी आउने सम्भावना रहेको छ ।


.gif)



फेसबुक पेज Like गर्नुहोस