माओवादी केन्द्रले सबै कम्युनिस्ट पार्टीहरूसँग एकताको प्रक्रिया अघि बढाउने
खबर एक्सप्रेस
२०७८-०५-०६ ०६:५२ मा प्रकाशित
Total Shares: 250
काठमाडौं - सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नेपालका कम्युनिस्ट पार्टीहरूको एकताका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
आइतबार बसेको स्थायी कमिटी बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टहरूको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘कम्युनिस्ट आन्दोलनमा देखा परेका, देश र जनताको पक्षमा एउटा वा अर्को रुपमा उभिएका र समाजवादको पक्षमा रहेका सबैसँग हामी वार्ता गर्छौं ।’ श्रेष्ठले भने । सरकार विस्तारमा ढिलाइ भइरहेको बताउँदै उनले मन्त्रीपरिषद्लाई अब छिट्टै पूर्णता दिने बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस