पेप्सीकोलामा कार दुर्घटना, एक जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-१२-२० ११:४८ मा प्रकाशित
Total Shares: 243
काठमाडौं - काठमाडौंको पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान मुलपानीबाट जडिबुटीतर्फ आउँदै गरेको बा १० च २८६४ नम्बरको कार छाप्रोमा दुर्घटना हुँदा २० वर्षीय डितम गुभाजुको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
कार अनियन्त्रित भएर सडकको बारमा ठोेक्किएको थियो । प्रहरीले कार चालक विरेन्द्र राज श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस