चर्चित नृत्यांगना सीता सुवेदीको निधन
खबर एक्सप्रेस
२०८२-०६-०७ १२:५० मा प्रकाशित
Total Shares: 94
काठमाडौं-चर्चित नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा निधन भएको छ। ३ महिनादेखि फोक्सोको क्यान्सर पीडित उनको निधन बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा भएको परिवारले जनाएको छ।
उनी १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन्। चितवन घर भएकी सुवेदीको दाहसंस्कार मंगलबार गरिने भएको छ।
उनलाई १२ वर्षको उमेरमा खुट्टाको क्यान्सर भयो र देब्रे खुट्टा काट्नु परेको थियो। उनले एक खुट्टाले नाचेर पहिचान बनाएकी थिइन्।
उनी क्लासिक नेपाल फाउन्डेसनकी संस्थापक, मिस इन्टरनेसनल २०२३, प्रेरक वक्ता, गायिका, इन्टरमिडिएट–लेभल कथक नृत्यमा स्वर्ण पदक विजेता थिइन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस