काठमाडौं - आम हड्ताल सफल बनाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सडकमा आएका छन् । बिहिबार बिहान प्रचण्ड सातदोबाटो चोकमा निस्किएका हुन् ।

हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । उपत्यकाको विभिन्न चोकहरुबाट नेकपाका कार्यकर्ता सडकमा निस्किरहेका छन् ।

बिहानै कलंकीबाट नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता-कार्यकर्ता पक्राउ परेका छन् ।