काठमाडौं - सरकारले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ ।

कोरोना भाइरस (कोभिड(१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिसमा आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् को बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै चैत ११ देखि जारी गरेको लकडाउन हालसम्म कायमै छ । पछिल्लोसमय थपिएको लकडाउनको अवधि भोली सकिँदैछ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २९५ जना पुगेको छ । जसमा ३६ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।