काठमाडौं - खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित मन्त्री थापाको अवस्था सामान्य रहेको छ । उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ । चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । 

ऊर्जा मन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना संक्रमण भएको छ ।