घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७८-०१-१७ ११:३७ मा प्रकाशित
Total Shares: 318
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ९ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ८९ हजार ४ सय ५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस