सुनको मूल्य अनपेक्षित रुपमा घट्यो
काठमाडौं - निरन्तर उकालो लागेको सुनको भाउ बिहेको साइत सकिएसँगै अघिल्लो दिनका तुलनामा शुक्रवार अनपेक्षित रुपमा ३ हजार रुपैयाँले घटेको छ ।
बिहीवार ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको प्रतितोला छापावाल सुन शुक्रवार ७८ हजार ५०० रुपैयाँमा झरेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार गत मंगलवार तोलाका ८२ हजार ७०० रुपैयाँमा कारोबार भएकोे पहेंलो धातुको मूल्यमा बुधवार २०० रुपैयाँले कमी आएको थियो भने बिहीवार ८०० रुपैयाँले घटेको थियो ।चाँदीको मूल्यमा पनि ४० रुपैयाँले गिरावट आएको छ । शुक्रवार असली चाँदीको मूल्य ८२० रुपैयाँ कायम भएको छ ।
फेसबुक पेज Like गर्नुहोस