प्रधानमन्त्री ओलीद्वारा तीजको शुभकामना, जीवन रक्षालाई महत्व दिन आग्रह
खबर एक्सप्रेस
२०७७-०५-०५ १२:५३ मा प्रकाशित
Total Shares: 349
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् ।
नेपाली हिन्दू महिलाको ठूलो पर्व हरितालिकाका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था नरहेकाले महामारीले सिर्जना गरेको सीमाभित्र रहेर मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस