दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश
खबर एक्सप्रेस
२०८२-०३-०५ ०७:१० मा प्रकाशित
Total Shares: 39
काठमाडौं - उच्च अदालत, पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइपछि उक्त आदेशलाई निरन्तरता दिएको हो।
उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले आज सो आदेशलाई निरन्तरता दिएको उच्च अदालत प्रशासनले जनाएको छ।
अब पाठकले हालेको मुद्दा नटुङ्गिँदासम्म प्रहरीले उनलाई पक्राउ गर्न पाउने पाउने छैन।
फेसबुक पेज Like गर्नुहोस