सार्वजनिक ठाउँमा पाँच जनाभन्दा धेरै भेला हुन नपाइने सरकारले लगायो रोक
खबर एक्सप्रेस
२०७८-०१-०६ ०२:३४ मा प्रकाशित
Total Shares: 266
काठमाडौं - सार्वजनिक ठाउँमा पाँच जनाभन्दा धेरै भेला हुन नपाइने भएको छ । देशमा पछिल्लो समय कोरोनाको दोस्रो महामारी बढ्दै जान थालेपछि सरकारले सार्जवनिक ठाउँमा पाँच जनाभन्दा धेरै भेला हुनबाट रोक लगाएको हो ।
आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।
साथै, उक्त आदेश अनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि नपाइने मन्त्रिपरिषद्को बैठकमा निर्णय भएको छ ।
फेसबुक पेज Like गर्नुहोस