ओलीलाई भेट्न च्यासल पुगिन् भण्डारी
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुने समय सरेको छ । स्रोतका अनुसार आइतबार दिउँसो ३ बजेलाई तय भएको भेटघाटको समय चार बजेलाई सारिएको हो ।
एआईसम्बन्धी एक कार्यक्रममा प्रधानमन्त्री ओली बालुवाटारमै व्यस्त भएकाले च्यासलमा भण्डारीसँग तय भएको छलफलको समय चार बजे आसपासलाई सारिएको बताइएको छ ।
भण्डारीले भेटका लागि आग्रह गर्दा ओलीले बालुवाटारमै आउन आग्रह गरेको स्रोतको दाबी छ । तर, भण्डारीले पार्टी कार्यालय च्यासलमा भेट्न प्रस्ताव गरेकी थिइन् ।
भण्डारीकै प्रस्तावअनुसार ओली पार्टी कार्यालयमा भेटका लागि तयार भएका हुन् । पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि ओलीसँग पहिलोपटक भेटघाट गर्न लागेकी हुन् ।
फेसबुक पेज Like गर्नुहोस