१५ तले भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७९-०४-१४ १०:४५ मा प्रकाशित
Total Shares: 320
काठमाडौं - मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन् ।
दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले भनेको छ । आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।
भवनको भुइँ तल्लाबाट आगलागी भएको थियो । मध्यरातपछि आगो निभाइएको थियो । आगलागीपछि २०० भन्दाबढी मानिसहरूलाई बाहिर निकालिएको थियो । भवनको फायर अलार्मले काम नगरेको र भवनका झ्यालका बार धातुले बनेकोले त्यहीभित्र मानिस फसेको आपत्कालीन सेवाका एक अधिकारीले भने । -एजेन्सी
फेसबुक पेज Like गर्नुहोस